नेपाल विद्युत प्रधिकरणले विद्युतीय सवारी चार्ज गर्न चार्जिङ स्टेशन निर्माणको कार्यलाई तीव्रता दिइएको बताएको छ ।
गत वर्ष विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्ज गर्न देशभर ५१ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो । त्यसैगरि ५१ स्थानमध्ये ३३ ठाउँमा चार्जिङ स्टेशन बनाउने कार्य अन्तिम चरण पुगेको छ ।
महेन्द्रनगर बसपार्क कंचनपुर, अत्तरिया एनईए कार्यालय कैलाली, लम्की बसपार्क कैलाली, कोहोलपुर रिफ्रेस सेन्टर बाँके, सुर्खेत बसपार्क सुर्खेत, लमही रिफ्रेस सेन्टरहरुमा विद्युत प्रधिकरणले जुलाई १५ सम्म जिभिटी चार्जर सिसिएस स्थापित गर्ने भएको छ । त्यस्तै चन्द्रौटा रिफ्रेस सेन्टर कपिलवस्तु र बर्दघाट रिफ्रेस सेन्टर नवलपरासीमा हुदैँ गरेको कार्यलाई रोकेर परिर्वतन गर्ने भएको छ ।
लेकसाइड पोखरा कास्की, टुरिस्ट बसपार्क कास्की, पारस बसपार्क चितवन, मुग्लिन पुल चितवन, हेटौडा रातोमाटे मकवानपुर, सैनामैना रिफ्रेस सेन्टर रुपन्देही र भैरहवा वसपार्क रुपन्देही, हरिऔँन रिफ्रेस सेन्टर सर्लाही, पथलैया बारा, लाहान बसपार्क लाहान, बेलका रिफे्रेस सेन्टर उदयपुर, इटहरी सुनसरी, विराटनगर ईभी चार्ज केन्द्र मोरङ, दमक बसपार्क झापा, विदुर नुवाकोट, जनकपुर, बिर्तामोड बसपार्क झापा जस्ता स्थानहरुमा जुलाई ३० सम्म जिभिटी चार्जर सिसिएस स्थापित गर्ने र अगस्तसम्म अन्त्य गर्ने लक्ष्यका साथ काम अघि बढेको विद्युत प्रधिकरणले जनाएको छ ।
त्यस्तै हल्चोक सशस्त्र प्रहरी कार्यालय काठमाडौं, प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौं, साझा सेवा बल्खु काठमाडौं, साझा यातायात पुल्चोक ललितपुर, साझा सेवा बनेपा, खुर्कोट रिफ्रेस सेन्टर सिन्धुली, हरिऔँन रिफ्रेस सेन्टर सर्लाहीका स्थानहमा अगस्त १५ सम्म सिसिएस टु जडान गरेर अन्त्य गर्ने विद्युत प्रधिकरणले जानकारी दिएको छ ।
यसका साथै यी सबै चार्जर मध्ये २६ वटा चार्जर नेपाल आएको विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले छनोट गरेका स्थानमा चार्जिङ स्टेशन निर्माणको काम चीनको वाङबाङ डिजिटल इनर्जीलाई दिइएको छ ।
वाङबाङ डिजिटल इनर्जीको नेपाल प्रतिनिधिको रुपमा दीगो ग्रुप हो । दीगो ग्रुपले नेपालमा दीगो र अन्य विभिन्न ब्रान्डका सवारी साधन बिक्री गर्नुका साथै विद्युतीय सवारी पूर्वाधारका क्षेत्रमा विभिन्न कार्य गरिरहेको छ ।































प्रतिक्रिया