शेखर पक्षधरले कांग्रेस कार्यालयमा प्रदर्शन गर्ने

शेखर पक्षधरले कांग्रेस कार्यालयमा प्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधर नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका नेता तथा कार्यकर्ताले कांग्रेस कार्यालयमा प्रदर्शन गर्ने भएका छन्  ।  उनीहरुले भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने लागेका हुन् । 

कांग्रेस केन्द्रीय समितिको वैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त वैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर पक्षका विद्यार्थी, युवा लगायतले प्रदर्शनको तयारी गरेका हुन् ।

अवधि समाप्त भएपछि केन्द्रीय कार्यसमिति भंग गरिएका भ्रातृ संस्था वैधानिक विधिबाट पूर्णताको माग गर्दै प्रदर्शन गर्न लागिएको शेखर निकट विद्यार्थी संघकी नेता प्रेमिका रानामगरले जानकारी दिइन् ।

यस विषयमा छलफल गर्न आइतबार दिउँसो ३ बजे भ्रातृ संस्थाको संयुक्त बैठक डाकिएको सोही पक्षका विद्यार्थी नेता भुवन भट्टले बताए । बैठक बागबजारस्थित पद्मकन्या क्याम्पसमा बोलाइएको छ ।

फागुन १० मा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले अवधि पूरा भएका १० भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको थियो । सभापति शेरबहादुर देउवाले चारवटा भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै मनोनित गरेका छन् । ‘वैधानिक तबरले पदाधिकारीसहित पूर्ण कार्यसमिति माग गरेका छौं’ विद्यार्थी नेता रानामगरले भनिन्, ‘सबै भ्रातृ संस्था भताभुंग छन् । पार्टीलाई दबाव दिन विरोध प्रदर्शन गर्न लागेका हौं ।’

Skip This
Skip This
Logo