लिउले दिए प्रधानमन्त्री देउवालाई सीपीसी कंग्रेसमा सहभागी हुने निम्तो

लिउले दिए प्रधानमन्त्री देउवालाई सीपीसी कंग्रेसमा सहभागी हुने निम्तो

केन्द्रबिन्दु
0
Shares

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आगामी नोभेम्बरमा हुने पार्टीको २०औं कंग्रेस अधिवेशन मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिनफिङले आफ्नो दूत बनाएर पार्टीका विदेश विभाग प्रमुख लिउलाई नेपाल पठाएका हुन्।

आइतबार अपरान्ह बालुवाटारमा भएको द्विपक्षीय भेटमा लिउले राष्ट्रपति सीको सन्देश सुनाउँदै पार्टीको कंग्रेसमा सहभागी हुन प्रधानमन्त्री देउवालाई निम्ता दिएको बालुवाटार स्रोतले बताएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन आगामी नोभेम्बरमा हुँदैछ।

भेटमा विदेश विभाग प्रमुख लिउले नेपालमा हुनसक्ने चीन विरोधी गतिविधिबारे चासो व्यक्त गरेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने आश्वासन दिएका थिए।

भेटमा नेपाल चीन सम्बन्धलगायत द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
 

Logo