कृषि ज्ञान केन्द्र लमजुङले जिल्लाका ३८ किसानलाई क्षेत्रफलको आधारमा तरकारी उत्पादन प्रोत्साहन सहयोग गरेको छ ।
खुला तथा नियन्त्रित रूपमा व्यावसायिक तरकारी खेती गरिरहेका कृषि फार्म तथा समूहलाई नगद १ लाख ८ हजारदेखि ६ हजारसम्म प्रोत्साहन सहयोग गरिएको हो ।
सम्मानित हुनेहरूमा बेसीशहर, सुन्दरबजार, राइनास, मध्यनेपाल नगरपालिका, मर्स्याङ्दी, दोर्दी र क्व्होलासोथर गाउँपालिकाका गरी ३८ जना रहेका छन् । ज्ञान केन्द्रका अनुसार केन्द्रले तोकेको मापदन्ड पुरा गरेका कृषकहरूलाई सम्मान गरिएको हो ।
केन्द्रका अर्थविज्ञ मदन रेग्मीका अनुसार कृषकले कम्तीमा खुलामा दुई रोपनी क्षेत्रफलमा र नियन्त्रितमा २ सय वर्गमिटरमा व्यावसायिक खेती गरेको हुनु पर्ने प्रावधान रहेको छ । ज्ञान केन्द्रले तोकेको मापदण्ड पुरा गरी मर्स्याङ्दी गाउँपालिका ९ को भलामचौर मिर्चे नमुना कृषि फार्म सबैभन्दा बढी क्षेत्रफलमा खेती गरी प्रथम भएको छ । सो फार्मलाई एक लाख आठ हजार रुपैयाँ नगद प्रोत्साहन पाएको छ ।































प्रतिक्रिया