सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

केन्द्रबिन्दु
0
Shares

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको छ।
 

Logo