नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीकाे निवास भक्तपुरकाे बालकाेटमा लिउले भेटवार्ता गरेका हुन् ।
पार्टीका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले लिउकाे स्वागत गरेका थिए। दुवैबीच अहिले विविध विषयमा छलफल भइरहेकाे छ।
भेटवार्तामा एमालेको तर्फबाट नेताहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, राजन भट्टराई, कृष्ण केसी,अन्जान शाक्य र उषाकिरण भण्डारी सहभागी रहेका छन्।
चार दिने भ्रमणका लागि आइतबार नेपाल आइपुगेका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, पराराष्ट्रमन्त्री नारायण खड्का र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरिसकेका छन्।































प्रतिक्रिया