काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ। यी दुई टिमबीचको खेल नेदरल्याण्ड्सको स्पोर्टस पार्कको मैदानमा भइरहेको हो।
सिरिजमा नेपाल विजयी सुरुवात गर्दै महत्वपूर्ण अंक जोड्न चाहन्छ। हालै यही सिरिजको तयारीस्वरूप जर्सीसँग खेलिएको दुई म्याचको अभ्यास श्रृंखला नेपालले २–० ले क्लिनस्विप गरेको थियो।
नेपाल यस सिरिजमा पनि सोही लय कायम राख्न चाहन्छ। हालसम्म नामिबियाविरुद्ध नेपालले आठवटा ओडिआई खेलेको छ, जसमा नेपालले पाँचमा हार तथा दुई खेलमा जित निकालेको छ।
नामिबियाविरुद्ध नेपालले एउटा ओडिआईमा भने वर्षाका कारण अंक बाँडेको छ।































