नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुरा भएको छ। नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष सन्तोषजनक रहेको बताएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णयबारे जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको एक वर्ष सन्तोषजनक रहेको बताए।
उनले सरकारले कोभिड नियन्त्रण गर्न सफल भएको, एमसीसी पास गराएको, भ्रष्टाचार नियन्त्रण तथा परराष्ट्र नीति सन्तुलित बनाएको बताए। यस्तै, उनले नेपाली कांग्रेसले पार्टीभित्रको मर्यादाक्रम तय गरेको पनि जानकारी दिए।
सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मर्यादाक्रमको ड्राफ्ट तयार पारेको प्रवक्ता महतले बताए। महतले पार्टीमा देखिएको फरक मतलाई पार्टीभित्रै छलफल गरेर हल गरिने बताए।
सोमबार कांग्रेस बैठक सुरु हुनुअघि शेखर कोइराला पक्षले गरेको भेला र पार्टी सभापति शेरबहादुर देउवाविरुद्धको प्रदर्शनबारे प्रवक्ता महतले पार्टीभित्रै बसेर छलफल गर्न आग्रह गरे।































प्रतिक्रिया