काठमाडौं ।
बुटवल उप–महानगरपालिकामा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले एक विज्ञप्ती मार्फत जनाए अनुसार मृत्यु हुनेमा बुटवल उप–महानगरपालिका वडा नं. ५ निवासी ६७ वर्षीय पुरुष रहेका छन् ।
अस्पतालको फिभर क्लिनिकको आइसोलेशनमा रहेका ती पुरुषको आज मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ १४ गते कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएका उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या, मुटुरोग, मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।
































प्रतिक्रिया