सेयर बजारको नीति सच्याइएन भने लाखौं लगानी कर्ता सडकमा आइपुग्छन् : गगन थापा

सेयर बजारको नीति सच्याइएन भने लाखौं लगानी कर्ता सडकमा आइपुग्छन् : गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद गगनकुमार थापाले सेयर बजारमा सुधार्नका लागि ल्याइएको चार(बाह्रको नीतिले ठूलालाई पोस्ने र सानालाई कस्ने काम भइरहेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन्। 

‘सेयर बजारमा सुधार गर्ने भनेर  ‘चार(बाह्र’को नीति ल्याइयो। यसले ठूलालाई पोस्ने सानालाई कस्ने काम भयोु, विशेष समयमा बोल्दै थापाले भने, राष्ट्र बैंकले जे सोचेको भएपनि अपेक्षा गरेको परिणाम नआएपछि अब सच्याउनुपर्छ।’

यो अवस्था नसच्याए लाखौं सेयरका लाखौँ लगानीकर्ताहरु सडकमा आउने अवस्था हुने उनले जिकिर गरेका छन्। ‘अब सच्याइएन भने लाखौं सेयरमा लगानी गरेकाहरु सडकमा आइपुग्छन्,’ थापाले भने। त्यस्तै, उनले आफूले गरेको यो अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भएको भन्दै एमाले अर्थ विभागका सदस्य एम अधिकारीलाई नभनेको व्यंग्य गरे। 

‘मैले गरेको यो अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई होु, उनले भने, ुनेकपा एमालेका अर्थ विभाग सदस्य मिस्टर एम अधिकारीलाई भनेको हो कि भनेर बुझेमा क्षमा 

Logo