आयात कर्जा ५३.८ प्रतिशतले घट्यो, प्रवाहित कर्जा १३.५ प्रतिशत बढ्यो

आयात कर्जा ५३.८ प्रतिशतले घट्यो, प्रवाहित कर्जा १३.५ प्रतिशत बढ्यो

केन्द्रबिन्दु
0
Shares

सरकारले आयातमा काडाइ गर्दा आयात कर्जा ५३.८ प्रतिशतले घटेको छ। सरकारले १० वटा वस्तुको आयातमा असार मसान्तसम्म पूर्णत प्रतिबन्ध लगाउँदा आयात कर्जा घटेको हो। 

राष्ट्र बैंकले विभिन्न वस्तुमा ५० प्रतिशत र सत प्रतिशत नगद मार्जिन राख्ने व्यवस्थाले मार्जिन प्रकृतिको कर्जा समेत घटेको छ। राष्ट्रबैंकले हालै सार्वजनिक तथ्यांक अनुसार १७.६ प्रतिशतले घटेको छ। 

समग्रमा जेठसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशत बढेको छ। कृषि क्षेत्रतर्फको कर्जा २०.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.६ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५ प्रतिशत बढेको छ ।

 

Skip This
Skip This
Logo