संघ र प्रदेशमा अलग-अलग नागरिकताको व्यवस्था गर्न सांसद सुवालको प्रस्ताव

संघ र प्रदेशमा अलग-अलग नागरिकताको व्यवस्था गर्न सांसद सुवालको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गरेका छन्। 

सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको तत्काल छानविन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दबाब दिए। 

बुधबार प्रतिनिधिसभा बैठकमा  ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ मा विरोधको सूचना पेश गर्दै  उनले नेपालीसँग विवाह गरेका नेपाली नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउटा भाषा र संस्कृतिमा लिखित परीक्षा र अन्तरवार्ता उत्तीर्ण गरेकालाई नेपालको कृत्रिम नागरिकता दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए। सांसद सुवालले संघ र प्रदेशको अलग–अलग नेपालको नागरिकताको व्यवस्था गर्नु उचित हुने धारणा समेत राखे। 

‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ मा विरोधको सूचना पेश गरेको छु। नेपाली नागरिकता नेपाली जनताले पाउनुपर्छ। र, यो नागरिकता समस्या समाधान गर्न नेपालको खुला सीमा बन्द हुनुपर्छ। र, यसको सिमानालाई नियमन गर्न जरुरी छु, उनले भने ुत्यस्तै बुबा र आमा दुवै नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था हुनुपर्छ। निर्वाचन, सरकारी सेवा, राजनीतिक मनोनयन र नियुक्ति, कूटनीतिक नियुक्ति, उद्योग, व्यापारको लागि वंशजको नेपाली नागरिक हुनुपर्ने बन्दोबस्त हुनुपर्छ।ु

 

Logo