नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताएका छन् ।
मानव अधिकार अलाइन्सले आयोजना गरेको २३औँ स्थापना दिवसमा बोल्दै उनले आफूले मानव अधिकारको उल्लङ्घन अहिलेसम्म नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘मैले गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हालेको छु, प्रधानमन्त्री भएर सबै जिम्मेवारी पनि सम्हालेको छुु, पूर्वप्रधानमन्त्री ओलीले भने, ५७ वर्षदेखि मेरो राजनीतिक लडाइँ मानवअधिकारका लागि हो, मैले मानवअधिकारको उल्लंघन गरेको छैन, मानवअधिकारको उल्लंघन गर्ने छैन ।’ उनले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न नहुने टिप्पणी पनि गरे ।
अध्यक्ष ओलीले मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रममा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सचेत समेत गराए ।
आज मानव अधिकार अलाइन्सले आयोजना गरेको आफ्नो २३औँ स्थापना दिवसमा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरु उपस्थित नभएकोमा उहाँले असन्तुष्टि व्यक्त गरेका थिए । ।































प्रतिक्रिया