मेयर बालेन्द्र शाहलाई ओलीले दिए तबला उपहार

मेयर बालेन्द्र शाहलाई ओलीले दिए तबला उपहार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् । 

ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेकाे एमाले नेता कर्णबहादुर थापाले फेसबुकमार्फत जानकारी दिएका हुन्। भेटघाटका क्रममा ओलीले बालेनलाई तबला उपहार दिएका छन्।

ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बताइन्छ । बालेनले यसअघि महानगरमा आफ्नो जित सुनिश्चित भएपछि ओलीलाई बालकोट नै पुगेर भेटेका थिए ।  

               
 

Logo