एमालेले उपसभामुखमा विद्या भट्टराईलाई उम्मेदवारी बनाउने

एमालेले उपसभामुखमा विद्या भट्टराईलाई उम्मेदवारी बनाउने

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उपसभामुख पदका लागि उम्मेदवारी दिने भएको छ।

एमालेबाट उपसभामुखका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने एमाले सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए। ‘हामी नोमिनेशन गरेर अघि बढ्ने भयौं,’ पोखरेलले भने, ‘भोलि मनोनयन फिर्ता गर्ने बेलासम्ममा लोसपालाई सघाउने गरी फिर्ता लिने चान्स पनि छ।’

लोसपाबाट उपसभामुखमा समानुपातिक सांसद चन्दा चौधरीलाई उठाउन सक्ने सम्भावना छ। 
 उम्मेदवार मनोनयनका लागि ११ बजेबाट समय सुरु भइसकेको छ। २०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदै  छ।

Skip This
Skip This
Logo