वैज्ञानिक विचार राख्ने भनेका कम्युनिस्ट हुन्, कम्युनिस्ट एक हुनैपर्छ : पुष्पकमल दाहाल

वैज्ञानिक विचार राख्ने भनेका कम्युनिस्ट हुन्, कम्युनिस्ट एक हुनैपर्छ : पुष्पकमल दाहाल

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक विचार भएका कम्युनिस्ट शक्ति एक हुनुपर्ने बताएका छन् । 

अल्टरनेटिभ फाउन्डेसनले बिहीबार ललितपुरमा आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट एक हुनाको विकल्प नरहेको बताए। 

अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका कम्युनिस्ट नै हुन् सबै कम्युनिस्टलाई एकै ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भनेर हिजो निकै ठूलो जोखिम र त्याग गरेर आफूले कम्युनिस्ट एकता गराएकै हो। अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट एक हुनैपर्छ त्यो मिसन हाम्रो जारी रहन्छ।’

उनले वैज्ञानिक विचार राख्नेहरु एकताका साथ अघि बढे मात्रै विज्ञान र प्रविधिको क्षेत्रमा नीतिगत सुधार गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सकिने धारणा राखे। 

Logo