सांसद विमला राईको प्रश्न : ‘प्रतिनिधिसभामा विधेयक अड्किएर सभामुखज्यू के गर्दै हुनुहुन्छ’

सांसद विमला राईको प्रश्न : ‘प्रतिनिधिसभामा विधेयक अड्किएर सभामुखज्यू के गर्दै हुनुहुन्छ’

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभाकी सांसद डा. विमला राई पौडेलले सभामुख अग्नीप्रसाद सापकोटाको कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

राष्ट्रियसभाबाट पठाइएको अत्यन्तै महत्वपूर्ण १२ वटा विधेयकहरुसमेत प्रतिनिधिसभामा वर्षौदेखि अड्काएर राखेको भन्दै सभामुख सापकोटाप्रति उनले असन्तुष्टि जनाएकी हुन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पौडेलले सभामुख सापकोटा वर्षौदेखि थन्किएर बसेका विधेयकहरुलाई अघि बढाउनुको साटो मुद्दा मामिलामा लागेको भन्दै आपत्ति समेत जनाइन् ।

उनले राष्ट्रियसभाले पारित गरेर पठाएका विधेयकहरु विषयगत समितिहरुमा छलफल गराएर अघि पारित गराउने काम सभामुख सापकोटा भए पनि त्यसप्रति उनी जिम्मेवार नभएको गुनासो समेत गरिन्।

उनले सत्तारुढ गठबन्धन अड्किएर बसेको विधेयकहरु पारित समेत नगराई संसद अधिवेशन अन्त्य गरेर संघ र प्रदेशको निर्वाचनमा जाने तयारीमा रहेको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

सांसद पौडेलले भनिन्, ‘अहिले हामीले राष्ट्रियसभाबाट पारित गरेर पठाएका करिव १२ वटा विधेयक प्रतिनिधिसभामा अड्किएको छ । ती १२ वटा विधेयक अत्यन्त महत्वपूर्ण छन । ज्येष्ठ नागरिक ऐनको संशोधन छ । २०७५ सालदेखि पठाइएका यी बिलहरु अहिलेसम्म पनि प्रतिनिधिसभाले हामीलाई पठाएको छैन । यो एउटा प्रावधान छ रे । हामीले प्रतिनिधिसभाले पठाएको बिल चाँही हामीले दुई महिना भित्र केही गरेनौं भने उहाँहरु अघि बढन पाउने । तर हामीले पठाएको विलचाँही उहाँहरुले वर्षौसम्म केही नगर्दा पनि थन्क्याएर राख्ने । सभामुखज्यू के गर्दै हुनुहुन्छ ? यो सभामुखज्यूको काम होइन ?’

सांसद पौडेलले संघीय संसदको दुवै सदनमा रहेका विधेयकहरु पारित गरेर मात्रै संसद अधिवेशन अन्त्य गर्नुपर्ने पनि बताइन् ।

Logo