लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता अनिलकुमार झाले विज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातर्फ लैजान सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सूचना र विज्ञानको प्रयोग नकारात्मकतामा बढी प्रयोग भइरहेको बताउनुभयो ।
नेताझाले विज्ञानलाई नेपालमा आफैले उत्पादन गरेर प्रयोग गर्न नसक्नु दुःखको कुरा भएको बताउनु भयो । उहाँले आफैँले विज्ञान र प्रविधिको उत्पादन गरीप्रयोग गर्नसके मात्रे देशलाइृ फाइदा पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सूचना र विज्ञानको प्रयोग नकारात्मकतामा बढी प्रयोग भइरहेको छ । त्यसलाई सकारात्मकतिर कसरी लैजाने भन्ने विषयमा राज्य र सम्बन्धित निकायले पहल गर्नुपर्छ ।































प्रतिक्रिया