संसदमा गजेन्द्र महतको प्रश्न : शरणार्थीलाई हात धोएको पानी पनि नदिने हामी कस्ता नेपाली ?

संसदमा गजेन्द्र महतको प्रश्न : शरणार्थीलाई हात धोएको पानी पनि नदिने हामी कस्ता नेपाली ?

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रहादुर महतले भुटानी शरणार्थीप्रति नेपाल सरकारले बेवास्ता गरेको बताएका छन् ।

प्रतिनिधिसभा बिहीबारको बैठकमा नागरिक विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सरकारले भुटानी शरणार्थीलाई पानीसमेत नदिएको बताए । 

‘ भुटानले लखेट्यो, भारतले लखेट्यो । नेपाली मुलकका भनेर नेपाल आएर बसे । उनीहरुलाई न पानी दियौँ, न घाँस दाउरा दियौँ, न लास गाड्ने ठाउँ दियौँ, न नागरिकता दियौँ, न जागिर दियौँ,’ बैठकमा महतले भने, ‘ तर, अमेरिकाले लग्यो । हामी भन्ने बेला नेपाली मूलकका भन्ने । उनलाई (शरणार्थीलाई) हात धोएको पानी पनि नदिने, हामी कस्ता नेपाली ?’

नागरिकता प्रदानमा फराकिलो मन बनाउनुपर्ने बताउँदै उनले भारतीय यहाँ दुःख गर्न नआउने बताए । ‘ भारतको सबै सुखसुविधा छाडेर भारतीयहरु यहाँ नागरिकता लिन आउँछन ?,’ उनले प्रश्न गरे । 
 

Skip This
Skip This
Logo