शुक्रवार नै बाँडफाँट हुने भनिएको समाज लघुवित्तको आईपीओ आगामी सोमवार मात्रै बाँडफाँट हुने भएको छ । प्राविधिक समस्याका कारण सोमवारका लागि सारिएको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले अन्य कम्पनीको शेयर बाँडफाँटले पनि सिडिएससीमा एक पटक लोड पर्ने भएकाले सोमवार बाँडफाँट गर्ने तयारी भइरहेको जानकारी दिए । सोमवार अपरान्ह ४ बजे सिद्धार्थ क्यापिटललको कार्यालयमा आईपीओ बाँडफाँट हुने समेत उनले जानकारी दिए ।
समाज लघुवित्तले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । यस आईपीओमा माग भन्दा १४८ दशमलव ५६ गुणा बढी आवेदन परेको छ । ५ लाख ६४ हजार १३८ जना आवेदकहरुबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको आवेदन परेको विक्री प्रबन्धकले जानकारी दिएको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ८० हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो । कम्पनीको आईपिओ गोलाप्रथाबाट ८ हजार ७० जनाले मात्र पाउने छन् ।































प्रतिक्रिया