होन्डा गाडीको नेपालका लागी आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले डाउनपेमेन्ट र ब्याजदरमा मन्सुन अफर ल्याएको छ ।
यो अफर अन्तर्गत होन्डा कार खरिद गर्ने ग्राहकले ३० प्रतिशत डाउनपेमेन्टमै गाडी खरिद गर्न सक्नेछन् । वाँकी ७० प्रतिशत रकममा फाइनान्स सुविधा पाइने र यसमा पनि शून्य प्रतिशत व्याजदर लाग्ने कम्पनीले जनाएको छ ।
यसैगरी एक आर्थिक वर्षको ट्याक्स निशुल्क पाइनेछ भने एसेसेरिज र ७ वटासम्म सर्भिसिङ समेत निशुल्क पाइनेछ । यी सुविधाको अतिरिक्त ग्राहकले आकर्षक नगद छुट समेत पाउनेछन् । साउन २ गतेदेखि शुरु भएको यो अफर अगष्ट ५ सम्म लागु हुने बताइएको छ ।
जापनिज अटोमोवाइल ब्रान्ड होन्डाको नेपाली बजारमा अमेज, सिटी, विआर–भी, ज्याज, सिआर–भी र डब्लुआर–भी मोडलका कार एवं एसयुभी उपलब्ध छन् ।































प्रतिक्रिया