नेपाल र अष्ट्रेलियाबीच पर्यटन प्रर्वद्धन सहकार्यमा जोड

नेपाल र अष्ट्रेलियाबीच पर्यटन प्रर्वद्धन सहकार्यमा जोड

केन्द्रबिन्दु
0
Shares

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी तथा नेपालका अष्ट्रेलियन राजदुतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच भेटवार्ता भएको छ । 

नेपाल र अष्ट्रेलियाबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्ने विषयमा छफलफल गर्न नेपाल पर्यटन बोर्डमा सोमबार भेटर्वार्ता भएको हो ।

बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. रेग्मीले कोभिड १९ पछि अहिले नेपालको  पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको जानकारी दिए । उनले साहसिक पर्यटनमा रुची राख्ने अष्ट्रेलियन पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताए । रेग्मीले अष्ट्रेलिया र नेपालबीच सिधा हवाई कनेक्टिभिटी नभएको कारण पर्यटक कम आएको बताउदै हवाई कनेक्टिभिटी बढाउन दुतावासमार्फत पहल गर्न आग्रह गरे ।  

र्वार्तामा नेपालका अष्ट्रेलियन राजदुतावासका नियोग उपप्रमुख पल म्याकिकर्नले नेपालको विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र रहेको बताए । उनले नेपालसँग आपसी सहकार्यका लागि दुतावास तयार रहेको जानकारी दिए । अष्ट्रेलियामा नेपाली समुदायहरूको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा कुटनीतिक तथा जनस्तरबाटसमेत दुई देशबीचको सम्बन्धलाई थप अगाडी बढाउनुपर्ने बताए । 

भेटमा दुबै देशको पर्यटन प्रवद्र्धन गर्न आपसी सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो । दुई देशबीच लामो समयदेखि प्रगाढ सम्बन्ध रहि आएको बताउदै गर्दै भेटका अवसरमा आर्थिक तथा पर्यटन कुटनीतिका माध्यमबाट दुवै देशले फाइदा लिन सक्ने कुरामा जोड दिइएको थियो ।

यस्तै दुबै देशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिन र पर्यटनका राम्रा अभ्यासहरु आदानप्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो ।

Skip This
Skip This
Logo