सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। 

तोलामा २०० रुपैयाँ घटेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। 

यसअघि सोमबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको थियो। सोमबार छापावाल प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। तोलामा ५ रुपैयाँ घटेपछि मंगलबार चाँदीको मूल्य प्रतितोला १ हनजार १६० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो। 

Skip This
Skip This
Logo