विद्यार्थीको सफलतामा केन्द्रित कलेजः हिमालयन ह्वाइटहाउस इन्टरनेसनल

विद्यार्थीको सफलतामा केन्द्रित कलेजः हिमालयन ह्वाइटहाउस इन्टरनेसनल

केन्द्रबिन्दु
3
Shares

हिमालयन ह्वाइटहाउस कलेज स्थापनाको २३ वर्ष पूरा भएको छ । ‘विद्यार्थीहरूको सफलता नै कलेजको सफलता’ भन्ने नारासहित स्थापना भएको कलेजमा ‘प्लस टु’का साथै स्नातक र स्नातकोत्तर तहको अध्ययन–अध्यापन हुँदै आएको छ । ह्वाइटहाउसको मुख्य कार्यक्रम भने ‘प्लस टु’ मा केन्द्रित छ ।

यो कलेज सबल र सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यका साथ अनवरत रूपमा उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेको शैक्षिक संस्थासमेत हो। अमेरिकी शैक्षिक अवधारणा अनुरुप सञ्चालित यस कलेजमा विदेशी प्रोफेसर एवं विषय विज्ञहरूबाट अध्ययन–अध्यापन हुँदै आएको छ। 

साइन्स तथा कम्प्युटर ल्याबदेखि यातायात, क्यान्टिन, लाइब्रेरीलगायत सुविधा रहेको यस कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतासाथ अघि बढाएको छ। 

विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन प्रविधिमैत्री शिक्षा दिने उद्देश्यसहित यो कलेजले विभिन्न लेवलका विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएका छ । करिअरलाई सहयोगी ह्ुने शिक्षा प्रदान गर्नु यो कलेजको अर्को विशेषता हो । 

काठमाडौँको तीनकुनेमा १५ रोपनी क्षेत्रफलमा फैलिएको यस कलेजमा अत्याधुनिक र शिक्षामैत्री भौतिक संरचना उपलब्ध छ। साइन्स तथा कम्प्युटर ल्याबदेखि यातायात, क्यान्टिन, लाइब्रेरीलगायत सुविधा रहेको यस कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतासाथ अघि बढाएको छ। 

हिमालयन ह्वाइटहाउसमा ‘प्लस टु’ कार्यक्रम अन्तर्गत विज्ञान संकायमा भर्ना हुन कम्तिमा २.८ जिपिए र व्यवस्थापन तथा मानविकी संकायका लागि कम्तिमा २.४ जिपिए ल्याएको हुनुपर्छ।  

Logo