भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गर्न नगरपालिकाको आग्रह 

भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गर्न नगरपालिकाको आग्रह 

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसको जोखिम बढेको भन्दै रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिकाले भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गर्न/गराउन आग्रह गरेको छ।

कोभिड १९ को संक्रमण समुदायस्तरमा बढ्दै गएपछि अनलाइनबाटै सुरक्षित रूपमा सोह्र श्राद्ध सम्पन्न गर्न नगरपालिकाले आग्रह गरेकाे हाे ।आगामी भदौ १७ देखि यो वर्षको सोह्र श्राद्ध शुरू हुँदैछ ।

एकजना पुरोहित सोह्र श्राद्ध कार्यमा एकै दिनमा धेरै जनाको घरमा जाने प्रचलन रहेकाले जोखिम हुने नगरपालिकाको सूचनामा उल्लेख छ। नगरपालिकाले अन्य धार्मिक कार्यहरू पनि  न्यून सहभागितामा सम्पन्न गर्न आग्रह गरेको छ।

Skip This
Skip This
Logo