काठमाडौंको कमलपोखरीमा रहेको किस्ट कलेजको नाम लिने वित्तिकै गुणस्तरीय शिक्षा दिने कलेजको चित्र अगाडि आउँछ । ९० प्रतिशतभन्दा बढी उत्तीर्ण दरसहित किस्ट कलेजले आफुलाई अब्बल कलेजका रुपमा स्थापित गराइसकेको छ ।
स्नातक तहमा बिबिए, बिआइएम, बिबिएस, बिएस्सी, बिआइटीको पढाइ हुँदै आएको भए पनि किस्टको परिचय उसको ‘प्लस टु’ शिक्षाले नै निर्माण गरेको हो। सन् १९९५ मा स्थापना भएको यस कलेजले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको अध्ययन–अध्यापन गराउँदै आएको छ।
सन् १९९५ मा स्थापना भएको यस कलेजले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको अध्ययन–अध्यापन गराउँदै आएको छ।
पुस्तकालय, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, होस्टल, क्यान्टिन, यातायातलगायत विविध सुविधामा किस्ट कलेज नेपालका ‘प्लस टु’ कलेजको भिडमा आफुलाई अग्रस्थानमा उभ्याउन सफल छ ।
नियमित कक्षाबाहेक विभिन्न किसिमका सेमिनार र कार्यशाला आधुनिक शिक्षाका मुख्य पक्ष हुन्। किस्ट कलेजले यस्ता गतिविधिमार्फत् आफ्ना विद्यार्थीलाई कोर्सअनुसारको पढाइसँगै व्यावसायिक सफलताका लागि पनि तयार पार्दै लगेको छ।





























प्रतिक्रिया