जर्मनी ।
आउँदो शरद र शिशिर यामका महिनाहरूमा कोरोना भाइरसविरूद्धको लडाई थप चुनौतीपूर्ण हुन सक्ने जर्मनीका चान्सलर एन्जेला मर्केलले बताएकी छिन् ।
“गर्मीमा भन्दा आगामी केही महिना महामारीले थप चुनौती सिर्जना गर्ने देखिएको छ,” मर्केलले भनिन्। “हामी सबैले ग्रीष्म ऋतुमा मौसमका कारण तुलनात्मक रूपमा केही स्वतन्त्रता र सापेक्षिक सुरक्षाको आनन्द उठायौँ, जुन जीवन न्यानोमा सम्भव छ,” चिसो हावाबाट फैलिने सूक्ष्म कणहरूलाई सङ्केत गर्दै उनले भनिन्।
जर्मनीका १६ संघीय राज्यहरूका नेताहरूसँग शुक्रबार छलफल गरेपछि महामारी आगामी दिनमा थप जटिल हुन सक्ने उनको धारणा आएको हो ।
“हामीले यस भाइरसको साथ लामो समय सम्म बाँच्नु पर्नेछ । यो अझै गम्भीर अवस्थामा रहेको छ अर्थात् नियन्त्रणमा आउन सकेको छैन । कृपया यसलाई गम्भीरतापूर्वक लिनुहोस्,” मर्केलले भनिन् ।
जर्मनीमा मङ्गलबार थप एक हजार ५७१ सङ्क्रमित भएसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ३९ हजार ५०७ पुगेको रोबर्ट कोच इन्स्टिच्युटले बताएको छ । जर्मनीमा हालसम्म नौ हजार २८८ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।रासस































प्रतिक्रिया