आमाको स्मृतिमा चर्चित गायिका मन्जु पौडेलले ल्याइन तीज गीत

आमाको स्मृतिमा चर्चित गायिका मन्जु पौडेलले ल्याइन तीज गीत

केन्द्रबिन्दु
0
Shares

चर्चित लोकदोहोरी गायिका मञ्जु पौडेलको नयाँ तीज गीत ‘बाबाको आँगनी’ सार्वजनिक भएको छ ।

शिव हमालको शब्द, सुदिप सागरको संगीत संयोजन रहेको गीतको भिडियो दुर्गा पौडेलले निर्देशन गरेकी हुन । बुधबार युट्युबमा सार्वजनिक भएको भिडियोमा गायिका पौडेलका साथै उनकी स्वर्गीय आमा र अनुशा पौडेलको मुख्य अभिनय रहेको छ ।
‘ बाबाको आँगनी बोलको तीज गीतमा मादलको खरी झरेपनि बाबाको आगनीमा धुलो उडाउँदै नाच्ने कथा बस्तु गीतमा रहेको गायिका पौडेलले बताइन । बिहे भएर घरमा गएकी चेली आफ्नो माइती घरमा आमाले दिएका पाउजु, नाचेका कुराहरु गीतमा प्रश्तुत गरिएको छ ।

गायिका पौडेलले हरेक बर्ष तीजको अवसर पारेर तीज गीत सार्वजनिक गर्दै आएकी छन ।

 
 

Skip This
Skip This
Logo