दुबई ।
इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंस्सका बलरसहित १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण देखिएको छ।
भारतीय सञ्चार माध्यमहरुले दिएको खबर अनुसार कोरोना संक्रमण देखिएका तीब्र गतिका बलर भारतको एकदिवसीय राष्ट्रिय टोलीका सदस्य हुन् । कोरोना पोजेटिभ देखिने अन्य भने टोलीका सहयागी सदस्यहरु छन्।
चेन्नईको टोली २१ अगष्टमा यूएई पुगेको थियो । ययूएई पुगेर क्यारेन्टाइनमा बसेका खेलाडी र प्रशिक्षक, व्यवस्थापक, सहयोगीहरुको पहिलो, तेस्रो र छैटौं दिनमा परीक्षण गर्ने क्रममा केहीको रिपोर्ट पोजेटिभ देखिएको आयोजक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले खबर दिएका छन्।
चेन्नईका कति सदस्यलाई संक्रमण देखिएको भन्ने पुष्टि भएको छैन । नाम उल्लेख नगर्ने सर्तमा स्रोतले करिब १२ जना हुन सक्ने बताएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । जसमा भारतीय टोलीका लागि खेल्ने दायाँ हाते मध्यम तीब्र गतिका बलर पनि छन्।अन्नपूर्णबाट































प्रतिक्रिया