भृकुटीमण्डपमा हुने भनिएको नाडा ‘अटो शो’ स्थगित

भृकुटीमण्डपमा हुने भनिएको नाडा ‘अटो शो’ स्थगित

केन्द्रबिन्दु
0
Shares

आगामी भाद्र ७ देखि हुने भनिएको नाडा अटो शो २०२२ स्थगित भएको छ । नाडाको आज बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको हो । 

यद्यपि औपचारिक रुपमा यसको जानकारी सार्वजनिक गर्ने नाडाले बताएको छ ।

यो भन्दा पहिले सन् २०२० र २०२१ को नाडा अटो शो पनि कोभिडका कारण हुन सकेको थिएन ।

विभिन्न समयमा विभिन्न कारणले थला परेको अटो व्यवसायमा हालै सार्वजनिक मौद्रिक नीतिले झनै थला पारेको छ । 

एलसी खोल्नका लागि तोकिएको नगद मार्जिनलाई विस्तारै खुकुलो बनाउने बताए पनि अहिले नै यसलाई खुकुलो गरिएको छैन ।

यो भन्दा पहिले साउन १ देखि आयात प्रतिबन्ध खुल्ने अपेक्षा गरे पनि सरकारले सो प्रतिबन्धलाई निरन्तरता दिएको छ । 

पहिलो चरणमा सवै प्रकारका कम्वस्चन इन्जिनयुक्त प्यासेन्जर कार र २५० सीसी माथिका मोटरसाइकलको आयातमा पूर्ण प्रतिबन्ध लगाएको सरकारले केही दिनअघि फेरि आयातमा कडाई गर्दै प्रतिवन्धलाई भदौ १४ गतेसम्मका लागि लम्ब्याएको छ । 

यस पटकको  सर्वसाधारणले प्रयोग गर्ने १५० सीसी माथिका मोटरसाइकलमा समेत प्रतिबन्ध थोपरिएको छ ।

नयाँ सवारी साधन भित्र्याउन नपाएको अवस्थामा अटो शोको औचित्य नहुने भन्दै हाललाई शो स्थगित गरिएको र आगामी दिनमा नयाँ मिति टुंगो लगाइने बताइएको छ ।

Skip This
Skip This
Logo