एनआईसी एसिया क्यापिटल र मेरो जब लिमिटेडबीच आइडिइए टु आईपिओ सेवा सम्बन्धी सम्झौता भएको छ ।
यो सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकालदेखि आईपिओ जारी गर्ने चरणसम्म सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइन्छ । सोही सेवाअन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवा सहित आइपिओ जारी गर्ने चरणसम्म परामर्श तथा निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुईपक्षीय सम्झौता भएको हो ।
एनआइसी एसिया क्यापिटल नेपालको सन्दर्भमा सर्वसाधारणमा आइपिओ जारी गर्ने कम्पनी पहिलो हो । मेरो जब लिमिटेडले आफ्नो योग्यता तथा क्षमता अनुसारको काम खोजिरहेका व्यक्ति र उपयुक्त कर्मचारीको आवश्यकता भएका रोजगारदाताबिच समन्वयको काम गर्ने काम गर्छ । यो कम्पनी २००९ मा मेरो जब डट कम प्रालिको रूपमा स्थापना भएको र हाल (हाल मेरो जब लिमिटेड) भएको छ ।
मेरो जब लिमिटेडले merojob.com जब पोर्टल मार्फत काम खोज्ने व्यक्ति र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गरिरहेको छ । हाल मेरो जब लिमिटेडको वेभसाइटमा करिब १० लाख काम खोजिरहेका व्यक्तिहरू दर्ता भइसकेका छन् भने करिब ४० हजार रोजगारदाताहरूले मानव संसाधन व्यवस्थापन सेवाहरु लिँदै आइरहेका छन् । यसका साथै मेरो जब लिमिटेडले वर्षेनि १,००० भन्दा बढी क्यापसिटी बिल्डिङ कार्यक्रम अन्तर्गत विभिन्न शीर्षकमा तालिमहरू प्रदान गर्दै आइरहेको छ ।
मेरो जब लिमिटेडले आगामी दिनमा आफ्नो मानव संसाधन व्यवस्थापन सम्बन्धि अन्य सेवाहरु प्रविधिको प्रयोग गरी काम खोज्ने व्यक्तिहरू तथा रोजगारदाताले कम्पनीको आवश्यकता अनुरुपको कर्मचारी प्राप्त गर्न पुलको भूमिका निर्वाह गरी मानव संसाधन व्यवस्थापनमा नेपालकै पहिलो रोजाईको कम्पनीको रूपमा स्थापित गर्ने लक्ष लिएको छ ।































प्रतिक्रिया