नेपालमा केही दिन यता कोरोना संक्रमणको दर उकालो लागेको छ । पछिल्लो २४ घण्टामा देशभर ५६८ जना नयाँ संक्रमित थपिएका छन् । जबकी गत असार २४ गते ९८ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि हिजो ३४७ जना संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिल्लो २४ घण्टामा ४ हजार ८ सयको नमुना परीक्षण गरिएको थियो ।
सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा ९५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ ।































प्रतिक्रिया