साफ यू-२० : नेपाल आज श्रीलंकासँग खेल्दै

साफ यू-२० : नेपाल आज श्रीलंकासँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

भारतमा जारी साफ यू २० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा माल्दिभ्सविरुद्ध चार शुन्यको प्रभावशाली जित निकालेको नेपाल आजको खेलमा समेत सोही लयलाई निरन्तरता दिने योजनामा रहने छ । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग एक शुन्यले पराजित भएको थियो । 

श्रीलंका पहिलो खेलमा देखिएको कमजोरी सुधार गर्दै मैदान उत्रदा नेपाल भने पहिलो खेलको फर्म कायम राख्दै स्पष्ट तीन अंकका लागि खेल्नेछ । बाँकी खेलमा भारत र बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई कठिन हुने भएकाले श्रीलंकाविरुद्ध जित निकाल्न नेपाललाई आवश्यक देखिन्छ । 

नेपालले तेस्रो खेलमा आइतबार भारतसँग र लिग चरणको आफ्नो अन्तिम खेल आगामी मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

इंग्ल्यान्ड महिला युरोकप च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डले स्विडेनलाई चार शुन्य गोल अन्तरमा पराजित गर्यो । आफ्नो अपराजित यात्रालाई १९ खेलसम्म पुर्याएको इंग्ल्यान्ड सन् २००९ पछि पहिलो पटक महत्वपूर्ण प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्डको जितमा पहिलो हाफमा बिथ मिडले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । 

दा्स्रो हाफमा लुसी ब्रोन्ज एलिसिया रुसो र फ्रेन किर्बीले गोल गरे । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज राति जर्मनी र फ्रान्सबीच खेल हुनेछ । आजको विजेताले आइतबार उपाधिका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Skip This
Skip This
Logo