काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार आफ्नै छायाँदेखि तर्सिन थालेको भन्दै टिप्पणी गरेका छन् ।
उनले सत्याग्रहमा बस्नै दिन्न भनेर सरकारले बल प्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले लेखेका छन्,’सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छाको कुरा हो तर सत्याग्रहमा बस्नै दिन्न भनेर बलप्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो?डा केसी जुम्लामा सत्याग्रहमा बस्दा नेपालको संविधान/कानूनको कुन धारा/दफा उल्लंघन हुन्छ?ओली सरकार आफ्नै छायाँदेखि किन तर्सदैछ?#SaveDemocracy‘
सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छाको कुरा हो तर सत्याग्रहमा बस्नै दिन्न भनेर बलप्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो?डा केसी जुम्लामा सत्याग्रहमा बस्दा नेपालको संविधान/कानूनको कुन धारा/दफा उल्लंघन हुन्छ?ओली सरकार आफ्नै छायाँदेखि किन तर्सदैछ?#SaveDemocracy
— Baburam Bhattarai (@brb1954) August 28, 2020































प्रतिक्रिया