नाडाको अटो शो यसपटक पनि स्थगित,इलेक्ट्रिक भेइकलको छुट्टै शो आयोजना गर्न दबाव

नाडाको अटो शो यसपटक पनि स्थगित,इलेक्ट्रिक भेइकलको छुट्टै शो आयोजना गर्न दबाव

केन्द्रबिन्दु
0
Shares

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले गर्दै आएको अटो शो यसपटक पनि स्थगित भएको छ । सरकारले केही सवारीसाधनको आयात माथि प्रतिबन्ध लगाएपछि अटो शो स्थगित भएको हो ।

भदौ ७ देखि शो आयोजन गर्ने भन्दै नाडाले स्टल वुक समेत गराइसकेको थियो । तर यसअघि लगाइएको आयात प्रतिबन्धलाई सरकारले फेरि थप कडाइका साथ साउन १ देखि भदौ १४ गतेसम्मका लागि निरन्तरता दिएको छ ।

नाडाले हरेक वष यो गर्दै आएको थियो । तर कोरोना महामारीका कारण अघिल्ला २ वर्ष यो शो हुन सकेन । तोकिएकै समयमा अटो शो हुन नसक्ने भएपछि नाडामाथि इलेक्ट्रिक भेइकलको छुट्टै शो आयोजना गर्न दबाव सिर्जना भएको छ ।

बजारमा अहिले इलेक्ट्रिक भेइकलको माग उत्सहप्रद रहेको र यी साधनको आयात समेत सुचारु भैरहेका कारण उक्त समयमा ईभी शो आयोजना गर्नु उपयुक्त हुने कतिपय व्यवसायीले आफ्नो राय व्यक्त गरेका छन् । बजारमा अहिले एक दर्जन बढी ब्रान्डका फोर ह्विलर र दुई दर्जन बढी ब्रान्डका टु ह्विलर ईभी आयात भैरहेका छन् ।

यी सवै ब्रान्डलाई समेटेर तोकिएकै समयमा ईभी शो आयोजना हुँदा राम्रो सन्देश जाने देखिएको छ । तर बजारमा अधिकांश ईभी अभावकै अवस्थामा रहेका कारण यस्तो शोको प्रभावकारिता पुष्टि हुने नदेखिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा बताउँछन् । उपयुक्त समय आएपछि ईभीको छट्टै शो आयोजना गर्ने तयारीमा आफूहरु रहेको पनि अध्यक्ष थापाको भनाइ छ ।

Skip This
Skip This
Logo