हिरो मोटोकर्पले एक्सट्रिम १६०आर बाइक अपडेट सहित १ लाख १७ हजार १ सय ४८ भारु मूल्यमा लन्च गरिएको छ । नयाँ एक्सट्रिम १६०आरको ड्यासबोर्डमा नयाँ गियर पोजिसन इन्डिकेटर दिइएको छ । साथै बाइकमा नयाँ डिजाइनको सिट र ग्रेब रेल पनि दिइएको छ ।
बाइकमा सिंगल पोड हेडलाइट, मस्कुलर डिजाइन, साइड स्लङ्ग एक्जस्ट र कालो अलोय ह्विल पनि दिइएको छ । सो बाइक सिंगल डिस्क, ड्युअल डिस्क र स्टेल्थ एडिसन गरी ३ भेरिएन्टमा उपलब्ध छ ।
हिरो एक्सट्रिम १६०आर ड्युअल डिस्कको मूल्य १ लाख २० हजार ४ सय ९८ र १६० आर स्टेल्थको मूल्य १ लाख २२ हजार ३ सय ३८ भारु राखिएको छ ।































प्रतिक्रिया