विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा आज थप २ संक्रमितको मृत्यु

विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा आज थप २ संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धरान।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

झापा दमक नगरपालिका ३ का ८३ वर्षीय कोरोना संक्रमितको शुक्रबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। मृतक बिर्तामोडको बि एन्ड सी अस्पतालबाट रिफर भई उपचार गर्न आएका थिए। खोकी, श्वास फेर्नमा समस्या र ज्वरो आएकोले अस्पतालबाट रिफर भएका थिए।

उनलाई प्रतिष्ठानमा ३ गते भर्ना भइ सोही दिन कोरोना पुष्टि भएको थियो । मृतकमा दीर्घकालीन रोग मृगौला डायलासिस गरिरहेको मधुमेह, अल्प रक्त कोशिकाका समस्या रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए। यो सँगै अस्पतालमा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

यस्तै प्रतिष्ठानमा ५६ वर्षीय महिलाको पनि कोरोना संक्रमितको कारण मृत्यु भएको छ। मोरङ बेलबारी नगरपालिका ५ का संक्रमितको शुक्रबार बिहान सवा ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

मृतक कोशी अस्पतालबाट रिफर गरी उपचार गर्न आएका थिए । उनी खोकी, श्वास फेर्नमा समस्या र ज्वरो आएकोले अस्पतालबाट रिफर भएका थिए।

प्रतिष्ठानमा ९ गते भर्ना भइ सोही दिन कोरोना पुष्टि भइ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए। यो सँगै अस्पतालमा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

Skip This
Skip This
Logo