१२.९२ अंकले बढ्यो नेप्से परिसूचक

१२.९२ अंकले बढ्यो नेप्से परिसूचक

केन्द्रबिन्दु
0
Shares

साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार बढेको छ। आज नेप्से १२.९२ अंकले बढेर २ हजार १४०.३९ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १९ करोड १६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज १२ करोड ८६ लाखभन्दा बढीको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसुचकमध्ये ३ वटा उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, बुद्ध भुमि नेपाल हाइड्रोपावर र जोशी हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।

Skip This
Skip This
Logo