अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रेग्राम (एसपीपी) का कारण नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताएका छन् । ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था र नेपाल बारे अन्तरक्रियात्मक कार्यक्रममा उनले एमसीसी साँच्चिकै आईपीएसको अंग हो वा होइन भन्ने कुरा नागरिकले अझै बुझ्न नसकेको भन्दै यस बारेमा स्पष्ट हुन आवश्यक रहेको पनि बताए ।
उनले व्याख्यात्मक टिप्पणी भनेर लाज छोप्ने आधारमा एमसीसी पास गरिएको उल्लेख गर्दै सरकारका पछिल्ला गतिविधिबाट एमसीसी आईपीएसको अंग हो वा होइन भन्ने कुरामा विश्वस्त हुनसक्ने स्थिति नरहेको तर्क गरे । डा. खड्काले सरकारले कतै एमसीसी पास गरेर आईपीएसको अंग हुने बाटो खनिरहेको होइन ? भन्दै प्रश्न गरे ।
अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एसपीपी भित्रभित्रै फरक नाममा ल्याउन लागिएको आशंका गरे ।































प्रतिक्रिया