साफ यू-२० च्याम्पियनसिपमा भारतको पहिलो जित

साफ यू-२० च्याम्पियनसिपमा भारतको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

साफ यू-२० च्याम्पियनसिपमा भारतले पहिलो जित दर्ता गरेको छ ।

प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार भारतले श्रीलंकालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि भारतले चारै गोल दोस्रो हाफमा गरेको थियो। भारतका लागि पार्थिव गोगोईले २ तथा हिमांशु झान्ग्रा र गुर्किरत सिंहले १-१ गोल गरे । श्रीलंका यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

३ खेलमा श्रील‌काले कुनै अंक जोड्न सकेको छैन । भारतले भने आजको जितसँगै प्रतियोगितामा पहिलो अंक जोडेको छ । भारतको २ खेलमा ३ अंक छ । नेपाल र बंगलादेश २ खेलमा ६ अंकसाथ शीर्ष दुई स्थानमा छन् । गोलअन्तरमा नेपाल अघि छ । माल्दिभ्सले २ खेलमा अंक जोडेको छैन । 

नेपालले अब ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । फाइनल ५ अगस्टमा हुनेछ । आयोजक भारत साविकको विजेता टोली रहेको छ ।

Skip This
Skip This
Logo