सिटीलाई हराउँदै लिभरपुललाई कम्युनिटी शिल्डको उपाधि

सिटीलाई हराउँदै लिभरपुललाई कम्युनिटी शिल्डको उपाधि

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै शनिबार राति लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । 

लेस्टरमा भएको खेलमा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल गरे  ।

खेलमा लिभरपुलले अग्रता लिएको थियो । पहिलो हाफमा १-० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो । 

गत सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो ।

Skip This
Skip This
Logo