सानिमा बैंकले ग्राहकहरुका लागि नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइनगरी सजिलै कारोबार गर्न सक्ने नायव प्रमुख निक्षेप अधिकृत हेम राज संज्यालले जानकारी दिए ।
बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै नै उपलब्ध गराउने भएको छ । बैंकको मोबाइल बैंकिङ्ग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।
यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जाने भन्ने विश्वास पनि गरेको छ । सानिमा बैंकको देशभर १२७ कार्यालयहरुर १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।





























प्रतिक्रिया