सिभिल बैंकका ग्राहकलाई विभिन्न साझेदारहरु मार्फत छुटैछुटको वर्षा

सिभिल बैंकका ग्राहकलाई विभिन्न साझेदारहरु मार्फत छुटैछुटको वर्षा

केन्द्रबिन्दु
0
Shares

सिभिल बैंकले ग्राहकहरुलाई लक्षित गरी बिशेष छुट योजना सार्वजनिक गरेको छ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले उत्कृष्ट सेवा र सुविधामा मात्र सिमित नरहेर ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर विभिन्न साझेदारहरु संग समन्वय गरी आफ्नो ग्राहक वर्गलाई विशेष छुटको व्यवस्था गरेको छ ।

सिभिल बैंकका ग्राहकहरुले अब बैंकका बिभिन्न साझेदारहरुबाट विभिन्न बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली “सिभिल स्मार्ट –मोवाइल बैंकिङ्ग एप”अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा निम्न वमोजिमका आकर्षक छुटहरु पाउने व्यवस्था गरेको छ ।

 


बैंकले हालसम्म यस्ता विभिन्न ४० साझेदारहरु संग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ ।  यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सनका भोलाबहादुर विष्टले बताए ।

करीव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले गत आषाढ मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

 

Skip This
Skip This
Logo