धुर्मुस पुन: कलाकारिता क्षेत्रमा आउने भएका छन् । धुर्मुस नामले चर्चित अभिनेता सीताराम कट्टेलले अब रंगशाला बनाउने जिम्मा सरकारलाई दिएर कलाकारिता क्षेत्रमा आउने भएका हुन ।
उनले यसै महिना अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालाको विषय टुंगिने र कलाकारितामा नै अघि बढ्ने आफ्नो तयारी रहेको बताएका छन् ।
अब सीताराम फिल्म र टेलिश्रृंखला बनाउने काममा फर्किने तयारीमा छन् ।
‘रंगशालाको विषय टुंगिएपछि सिर्जनासँग काम गर्न वातावरण पनि चाहिन्छ । यसकै प्रतीक्षामा छु,’ उनले भने ।
धुर्मुस केही क्यारेक्टरमा काम गरिरहेका छन् र तीमार्फत कमब्याक गर्ने प्रयासमा छन । जसका लागि उनले धुर्मुसभन्दा भिन्न पात्रमा काम गर्ने बताएका छन् ।
‘कमर्सियल हिसाबमा फिल्म नै गर्ने कि टेलिफिल्ममा फर्कनेबारे मनस्थिति बनाउँदैछु, उनले भने, ‘चाँडै यसबारे औपचारिक जानकारी दिनेछौं ।’ उनले भने ।
सीतारामले निर्माण गरेको अन्तिम फिल्म 'सेन्टीभाइरस' सन् २०२० मा रिलिज भएको थियो ।





























प्रतिक्रिया