युरोपियन एसयूभी स्कोडा कुशाकको माग बढेको छ । स्कोड नेपाल भित्रिएको एक वर्षमै यसको माग बढेको हो । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो ।
सार्वजनिक भएलगत्तै यो नेपाली बजारमा अत्यन्त रुचाइयो । कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको बिक्री गत वर्ष भन्दा ५६० प्रतिशतले बढेको कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले बताए ।
एक वर्षमा चार सय युनिट विक्री भएको स्कोडा कुशाकको मार्केट शेयर आफ्नो सेग्मेन्टमा १८ प्रतिशत रहेको समेत कम्पनीले जनाएको छ । यसको ड्राइभिङ डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फर्ट र थ्रिलिङ तथा टिएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५ औं दिनमा ७५ वटा युनिक कुशाक एकै दिन डेलिभरी दिन सफल भएको थियो ।
नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजार देखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।































प्रतिक्रिया