बलिउड अभिनेता अक्षय कुमारविरुद्ध भाजपा नेताले मुद्दा दायर गर्दै , फिल्म राम सेतुको छवि बिगारेको आरोप

बलिउड अभिनेता अक्षय कुमारविरुद्ध भाजपा नेताले मुद्दा दायर गर्दै , फिल्म राम सेतुको छवि बिगारेको आरोप

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता अक्षय कुमार यतिबेला आफ्नो आगामी फिल्म ‘राम सेतु’ लाई लिएर निकै चर्चामा छन् । अभिनेता अक्षय कुमारलाई राम सेतुको छवि बिगारेको आरोप लागेको छ ।  भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यम स्वामीले अक्षय कुमार विरुद्ध मुद्दा हाल्ने बताएका छन् ।

अक्षयले फिल्ममा राम सेतुको बारेमा गलत तथ्य देखाएको भन्दै स्वामीले उनीविरुद्ध मुद्दा दायर गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  शनिबार २ वटा ट्विट गर्दै उनले फिल्मका निर्माता र अक्षय कुमारविरुद्ध मुद्दा दायर गर्ने जनाएका छन् ।

 ‘म अक्षय कुमार र उनको कर्मा मिडिया विरुद्ध मुद्दा हाल्दैछु । उनले आफ्नो आगामी फिल्म राम सेतुलाई गलत ढंगले प्रस्तुत गरेका छन् । उनको फिल्मले राम सेतुको छविलाई बिगारेको छ । मेरा वकिलले मुद्दाको मस्यौदालाई अन्तिम रूप दिएका छन् ।’ साथै स्वामीले स्वामीले लेखेका छन् दोस्रो ट्वीटमा  ‘अक्षय कुमार विदेशी नागरिक हुन् भने हामी उनलाई गिरफ्तार गरी देश निकाला गर्न आग्रह गर्न सक्छौं।’ 

फिल्मलाई यही वर्षको अक्टोबरमा रिलिज गरिने निर्माण टिमले बताएका छन् । तर, रिलिज हुनुअघि नै अक्षयको फिल्म संकटमा विवादमा तानिएको छ । राम सेतुमा अक्षयले पुरातत्वविद्को भूमिका निभाएका छन्,जसले भारत र श्रीलंकाबीचको राम सेतुको सत्यता पत्ता लगाउने काम गरेका छन् ।  अक्षय कुमारसँगै अभिनेत्री नुसरत भरुचा र ज्याकलिन फर्नान्डिज पनि मूख्य भूमिकामा रहेका छन् ।

Skip This
Skip This
Logo