अभिनेत्री नीता ढुंगाना अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । उनी साेमबार बिहान एपेन्डिक्स भएपछी मेडिसिटी अस्पताल भर्ना भएकी हुन । उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ ।
आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको थियो । । सुरुमा ओम अस्पताल लगिए पनि त्यसपछि उनलाई मेडिसिटीतर्फ लगिएको थियो ।
नीताले हालै ज्योतिषी हरिहर अधिकारीसँग विवाह गरेकी हुन् । उनीहरुले निर्माण गर्न लागेको फिल्म ह्रस्वदीर्घ दशैंपछि छायांकनमा जाने तयारीमा छ ।
नीतालाई अझै दुई दिन अस्पतालमै राखिने जनाइएको छ ।































प्रतिक्रिया