कारोबार हुने साताको दोस्रो दिन सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ ।
आइतवार १२ दशमलव ९२ अंकले बढेको बजार सोमवार १ दशमलव १५ अंकले बढेर २ हजार १९६ दशमलव २५ विन्दुमा पुगेको हो ।
सोमवार १७ वटा धितोपत्रका १ करोड ५ लाख १८ हजार कित्ता सेयर ४ अर्ब ६७ करोड ७ लाख रुपैयाँमा खरीद विक्री भएको नेप्सेले जनाएको छ ।
सोमवार १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढि व्यापार समूहको परिसूचक ३ दशमलव ५४ प्रतिशतले बढेको हो । त्यस्तै, कारोबार रकममा सबैभन्दा बढी शिवम् सिमेन्टको ३८ करोड ३१ लाखभन्दा बढीको सेयर कारोबार भयो ।































प्रतिक्रिया