मन्त्रिपरिषद्ले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छैन–प्रवक्ता डा. खतिवडा

मन्त्रिपरिषद्ले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छैन–प्रवक्ता डा. खतिवडा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सामाजिक सञ्जालले मात्रै नियुक्त गरेको बताएका छन् ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय बिहीबार सार्वजनिक गर्दै प्रवक्ता डा. खतिवडाले त्यस्तो बताएका हुन् । तर, सरकारले कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त नगरेको उनको भनाइ छ ।

प्रवक्ता डा. खतिवडाले भने–‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन । तर मन्त्रिपरिषद्मा औपचारिक प्रस्ताव पनि आएको छैन र छलफल पनि भएको छैन ।’

त्यस्तै सरकारले विदेशमा पढ्न जाने विद्यार्थीका लागि आवश्यक पर्ने अनुमति पत्र ‘नो अब्जेक्सन’ लेटर वितरण गर्ने निर्णय गरेको छ । कोरोना भाइरसका कारण गत चैतदेखि ‘नो अब्जेक्सन लेटर’ वितरण रोकिएको थियो ।

त्यस्तैगरी सरकारले कोभिड–१९ पछि खोलिएका धेरै अस्थायी दरबन्दी नवीकरण मात्रै गरेको प्रवक्ता खतिवडाले बताए । नवीकरण गरेका अस्थायी दरबन्दी मन्त्रिपरिषद्ले स्वीकृत गरेको उनको भनाइ छ ।

Skip This
Skip This
Logo