उत्पादनलाई जोड दिए नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्छ : अर्थमन्त्री शर्मा

उत्पादनलाई जोड दिए नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्छ : अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने बताएका छन् । मंगलवार भीमदत्त पन्त स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे ।

मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए । उनले सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्था समेत गरेको दाबी गरे ।

मन्त्री शर्माले भूमिहीनहरुलाई जमिन दिएर,पुँजी नहुनेहरुको लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

मन्त्री शर्माले नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरुले उत्पादनमा जोड दिन आग्रह गरे । मन्त्री शर्माले उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताए । 

Skip This
Skip This
Logo